२०८३, आश्विन २२ गते

images
  • समाचार
  • मुख्य सहायक बन्न नक्कली शैक्षिक प्रमाणपत्र...

मुख्य सहायक बन्न नक्कली शैक्षिक प्रमाणपत्र पेश, अख्तियारले दायर गर्‍यो मुद्दा

मुख्य सहायक बन्न नक्कली शैक्षिक प्रमाणपत्र पेश, अख्तियारले दायर गर्‍यो मुद्दा

शुक्रवार, माघ ४ २०८१०३:२०
शुक्रवार, माघ ४ २०८१०३:२०
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्दै मुद्दा दायर गरेको छ । 

    आयोगले पूर्वाञ्चल विश्वविद्यालयका मुख्य सहायक (कम्प्युटर) हिरालाल यादवको शैक्षिक योग्यताको प्रमाण–पत्र नक्कली भएको भन्दै शुक्रबार आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको हो । 

    उनको शैक्षिक योग्यता नक्कली भएको गुनासो आएपछि आयोगले गरेको छानविनका क्रममा नक्कली रहेको पाइएको आयोगले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

    यादव माथीपूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ मेडिकल एण्ड एलाईड साईन्सेजमा मुख्य सहायक कम्प्युटर पदमा अस्थायी नियुक्ति तथा पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत पूर्वाञ्चल विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट, विराटनगरमा स्थायी नियुक्ति पाउनका लागि भारतको केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (सि.वि.एस.ई.) अन्तर्गत महाराजा अग्रसेन पब्लिक स्कूल अशोक विहार न्यू दिल्लीबाट जारी भएको देखिएको प्रवीणता प्रमाण–पत्र पेश गरेको अख्तियारले जनाएको छ । 

    आयोगले नक्कली शैक्षिक योग्यता पेश गरेर मुख्य सहायक (कम्प्युटर) पदको सेवा, सुविधा उपभोग गरेको पुष्टि भएको भन्दै यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय माग गर्दै मुद्दा दायर गरेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend