२०८३, आश्विन २३ गते

images

एभरेष्ट बैंकको नाफा २ अर्ब ७ करोड, घट्यो खराब कर्जा

एभरेष्ट बैंकको नाफा २ अर्ब ७ करोड, घट्यो खराब कर्जा

सीएनएन खबर
सोमवार, माघ ७ २०८१०८:०९
सीएनएन खबर
सोमवार, माघ ७ २०८१०८:०९
  • images

    काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एभरेष्ट बैंकले २ अर्ब ७ करोड रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा गरेको थियो।

    गत वर्षको तुलनामा बैंकले २१.२३ प्रतिशतले खुद नाफा बढाएको छ। गत वर्षको तुलनामा बैंकले खुद ब्याज आम्दानी बढाउनुको साथै इम्पियरमेन्ट चार्ज घटाएकाले बैंकको खुद नाफा बढेको छ।

    यस अवधिमा बेंकको खुद ब्याज आम्दानी ३ अर्ब ६२ करोडबाट बढाएर ४ अर्ब ३१ करोड रुपैयाँ र खराब कर्जा नोक्सानी खर्च ४३ करोड २३ लाखबाट घटाएर ३४ करोड ९५ लाख रुपैयाँ पुर्याएको छ।

    गत वर्ष राम्रै लाभांश दिएपनि बैंकको वितरणयोग्य नाफामा पनि वृद्धि देखिएको छ। गत वर्ष २ अर्ब ४० करोड रुपैयाँ रहेको बैंकको वितरणयोग्य नाफा बढेर २ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ। 

    यस अवधिमा बैंकले आफ्नो खराब कर्जा घटाएको छ। गत वर्ष ०.७७ प्रतिशत रहेको खराब कर्जा चालु आर्थिक वर्षको समीक्षा अवधिमा ०.६६ प्रतिशतमा सीमित भएको बैंकले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend