२०८३, आश्विन २१ गते

images

इनड्राइभका चालकको दुव्र्यवहार प्रकरणः के भने कम्पनीका एसिया प्यासेफिकका डाइरेक्टरले

इनड्राइभका चालकको दुव्र्यवहार प्रकरणः के भने कम्पनीका एसिया प्यासेफिकका डाइरेक्टरले

सीएनएन खबर
शनिवार, माघ १२ २०८१०६:३५
सीएनएन खबर
शनिवार, माघ १२ २०८१०६:३५
  • images

    काठमाडौँ । ग्राहकलाई यौन दुव्र्यवहार गरेको अभियोगमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राइभका एकजना चालकलाई प्रहरीले पक्राउ गरेपछि इनड्राइभले आफ्नो धारण सार्वजनिक गरेको छ । 

    शनिबार इनड्राइभका एसिया प्यासेफिक रिजनका रिजनल डाइरेक्टर मार्क टलीले उक्त दुव्र्यवहार प्रति कडा निन्दा व्यक्त गरेका हुन् । 

    उनले भने, ‘इनड्राइभले आफ्ना सेवाग्राहीहरुमाथि गरिने कुनै पनि आपत्तिजनक वा गैरकानूनी कार्य , दूव्र्यवहारपूर्ण वा गैरकानूनी कार्य तथा आचरणलाई कडा रूपमा अस्वीकार गर्दछ साथै यस्ता कार्यप्रति इस्ट्रिक जेरो टोलरेन्स नीति कायम राख्छ र यस्तो व्यवहारको कडा निन्दा गर्दछ ।’

    यस्तै, उनले इनड्राइभका सेवाहरु महिलाहरुको सुरक्षा र  उनीहरुको अनुभवलाई सधैँ उच्च प्राथमिकतामा राख्दै आएको भन्दै कुनै पनि सेवाग्राहीले दुख भोग्नुपर्ने अवस्था नआउने बताए । 

    ‘इनड्राइभ एक जिम्मेवार र आफ्नो सेवाग्राहीहरुलाई अग्रस्थानमा राख्ने कम्पनी हो । हामी यस घटनामा सम्बद्ध महिलाको निष्पक्ष न्याय सुनिश्चित गर्न सम्बन्धित निकायहरूसँग पूर्णरूपमा सहकार्य गरिरहेका छौँ । हामी यस विषयमा सम्बन्धित अधिकारीहरूलाई पूर्ण सहयोग गरिरहेका छौं । हाम्रा सेवाग्राहीहरुको विश्वास हाम्रो मुख्य मान्यता हो र हामी हाम्रो सेवामा निरन्तर सुधार गर्न प्रतिवद्ध छौँ किनकी विश्वव्यापी रूपमा इनड्राइभको लागि सेवाग्राहीहरुको विश्वास एक प्रमुख मूल्य हो’, उनले भनेका छन्, ‘हामी इनड्राइभ सँग तपाईंले गर्ने प्रत्येक छनौट सुरक्षित छ भनी सुनिश्चित गर्ने लक्ष्य राख्छौं, त्यसैले हामीले प्रयोगकर्ताहरूलाई विभिन्न सुरक्षा सुविधाहरू प्रदान गरिरहेका छौं ।’

    इनड्राइभले प्रयोगकर्तालाई सेफ्टी बटन, सेयर योर राईड र रेट योर ड्राइभर र् एण्ड पेसेन्जर सुविधा दिएको उनले बताए । 

    सेफ्टी बटन – सुरक्षा बटनले तुरुन्तै सहयोगको लागि सपोर्टमा टिम सम्पर्क गर्न, प्रहरी वा एम्बुलेन्सलाई सम्पर्क गर्न सहयोग पुर्याउँर्छ ।

    सेयर योर राईड– प्रयोगकर्ताहरूले वास्तविक–समयमा यात्रा स्थितिको लागि साथीहरू वा परिवारसँग आफ्नो सवारी विवरणहरू साझा गर्न सक्छन्।

    रेट योर ड्राइभर र एण्ड पेसेन्जर– हामी हाम्रा प्रयोगकर्ताहरूलाई प्रत्येक यात्रा पछि चालक वा यात्रुको मूल्याङ्कन गर्न प्रोत्साहित गर्छौं । यसले हाम्रा सेवाहरुलाई थप सुरक्षित बनाउँछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend