२०८३, आश्विन २३ गते

images

निरन्तर घटेको सेयर बजार मंगलबार २४ अंकले बढ्यो, ५ कम्पनीको सेयर मूल्यमा सर्किट

निरन्तर घटेको सेयर बजार मंगलबार २४ अंकले बढ्यो, ५ कम्पनीको सेयर मूल्यमा सर्किट

मंगलवार, माघ १५ २०८१०३:३०
मंगलवार, माघ १५ २०८१०३:३०
  • images

    काठमाडौँ । केही दिनदेखि घटेको सेयर बजार मंगलबार भने बढेको छ । सोमबारको तुलनामा मंगलबार सेयर बजारको मापक नेप्से सूचक मंगलबार २४.५० अंकले बढेको हो । नेप्से सूचक ०.९३ प्रतिशतले बढेर २६ सय ५७ विन्दूमा पुगेको छ ।

    मंगलबार सेयर बजर १ करोड ९६ लाख कित्ता सेयरको किनबेचबाट ९ अर्ब ४० करोड रुपैयाँको कारोबार भएको छ । मंगलबार सेयर बजारको उल्लेख्य बृद्धि देखिदा १७७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६० कम्पनीको घटेको छ ।

    बजार बढेको दिन सबैभन्दा बढी कमाउनेको सूचीमा उपकार लघुवित्त वित्तीय संस्था, सिक्लेस हाइड्रोपावर, थ्रिस्टार हाइड्रोपावर, जानकी फाइनान्स र न्यादी हाइड्रोपावर छन् । यी कम्पनीको सेयर मूल्य १० प्रतिशत बृद्धि भएर सकारात्मक सर्किट लागेको छ ।

    आज सबैभन्दा बढी गुमाउनेमा डोल्टी पावर कम्पनी रहेको छ । यसको सेयर मूल्य ८.४३ प्रतिशतले घटेको छ । आजको सेयर बजारमा सबैभन्दा बढी कारोबार सप्तकोशी डेभलपमेन्ट बैंकको भएको छ । यसको ३८ करोड रुपैयाँको कारोबार मंगलबार भएको छ ।

    बजार बढेका कारण नेप्सेमा सूचीकृत सबै उपसमूहको सूचक सकारात्मक भएको छ । जसमध्ये सबैभन्दा बढी कमाउनेमा विकास बैंक उपसमूह रहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend