काठमाडौँ । साताको अन्तिम कारोबार दिन सुनचाँदी दुबैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको तथ्यांक अनुसार शुक्रबार सुनको मूल्य तोलामै २ हजार ३ सय रुपैयाँले बढेको हो ।
तथ्यांक अनुसार शुक्रबार बढेसँगै सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँ पुगेको छ ।
यस्तै, शुक्रबार सुनसँगै चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेको छ । बढेसँगै चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय १५ रुपैयाँ कायम भएको छ ।

