२०८३, आश्विन २३ गते

images

गरिमा र महालक्ष्मी विकास बैंकका ग्राहकलाई सुरक्षित ई-कर्मस सेवा, थ्रीडी सेक्यूर एसीएस लागू

गरिमा र महालक्ष्मी विकास बैंकका ग्राहकलाई सुरक्षित ई-कर्मस सेवा, थ्रीडी सेक्यूर एसीएस लागू

सीएनएन खबर
मंगलवार, माघ २२ २०८१०७:५७
सीएनएन खबर
मंगलवार, माघ २२ २०८१०७:५७
  • images

    काठमाडौं । गरिमा विकास बैंक र महालक्ष्मी विकास बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को ईएफटी सर्भिसमा आवद्ध भएर थ्रीडी सेक्यूर एसीएस (Advanced Card Security) सेवा सुरु गरेका छन्। यसले कार्डधारकलाई अनलाइन ई-कर्मस कारोबार गर्दा थप सुरक्षित भेरिफिकेशन सुविधा प्रदान गर्छ। ग्राहकहरूले यो सेवा प्रयोग गर्नका लागि एकपटक कार्डमा उक्त सुविधा सक्रिय गर्नुपर्ने हुन्छ। यस सेवाले अनलाइन कारोबारलाई अझ सुरक्षित र विश्वासिलो बनाउनेछ, जसले गर्दा ग्राहकहरूलाई अनलाइन शपिंग र ई-कर्मसको क्षेत्रतर्फ प्रोत्साहन मिल्नेछ।

    एनसीएचएलले कार्ड जारी गर्ने, कारोबार प्रोसेसिङ, सेटलमेन्ट, र पेमेन्ट गेटवे सेवाहरू लगायत अन्य कार्ड सम्बन्धी सेवाहरू बैंकहरूलाई प्रदान गर्दै आएको छ। हाल यस सेवा अन्तर्गत गरिमा र महालक्ष्मी विकास बैंकसँगै सिटिजन्स बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक, सिद्धार्थ बैंक, ज्योति विकास बैंक, लुम्बिनी विकास बैंक र संग्रिला विकास बैंक जस्ता विभिन्न बैंकहरू समावेश छन्।

    गरिमा विकास बैंकले १ लाख ७५ हजारभन्दा बढी कार्ड र ५० एटीएम, जबकि महालक्ष्मी विकास बैंकले १ लाख ३५ हजारभन्दा बढी कार्ड र ४९ एटीएम मार्फत देशभरि सेवा प्रदान गर्दै आएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend