काठमाडौँ । लगातार तीन कारोबार दिन बढेको सेयर बजारमा मंगलबार १४.०८ अंकको गिरावट आएको छ। साताको कारोबारको तेस्रो दिन मंगबालर सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.०८ अंकले घटेर २७१५।९१ बिन्दुमा रोकिएको छ।
सोमबार नेप्से २.४१ अंकले बढेर २७३०.०० बिन्दुमा रोकिएको थियो। त्यसअघि आइतबार नेप्से ६९.८० अंकले बढेर २७२७.५८ बिन्दुमा पुगेको थियो।
मंगलबार नेप्सेमा कुल ८ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन सोमबार भने कुल ११ अर्ब ७१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। यस्तै, आइतबार भने कुल १२ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
मंगलबार कारोबारमा आएकामध्ये ७१ कम्पनीको सेयर मूल्य बढ्दा १६२ कम्पनीको घटेको छ। यस्तै, ९ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
आज जलविद्युत् समूहमा ०.१५ प्रतिशतको सुधार आउनु बाहेक अन्य समूहमा गिरावट आएको छ। मंगलबार बैंकिङ समूहमा ०.५७ प्रतिशत, विकास बैंक समूहमा २.६० प्रतिशत, फाइनान्स समूहमा १.७० प्रतिशत र होटल तथा पर्यटन समूहमा १.७९ प्रतिशतको गिरावट आएको छ।

