२०८३, आश्विन २३ गते

images
  • समाचार
  • मन्त्रिपरिषद् बैठकका १८ निर्णयः नयाँ मालपोत...

मन्त्रिपरिषद् बैठकका १८ निर्णयः नयाँ मालपोत तथा नापी कार्यालय स्थापनादेखि अस्थाई दरबन्दी स्वीकृतिसम्म

मन्त्रिपरिषद् बैठकका १८ निर्णयः नयाँ मालपोत तथा नापी कार्यालय स्थापनादेखि अस्थाई दरबन्दी स्वीकृतिसम्म

मंगलवार, माघ २२ २०८१०५:४२
मंगलवार, माघ २२ २०८१०५:४२
  • images

    काठमाडौँ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १८ वटा निर्णय गरेको छ । मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गरेको मन्त्रिपरिषद् बैठकका निर्णयमा सरकारले नयाँ मालपोत तथा नापी कार्यालयस्वीकृत देखि अस्थाई दरबन्दी सिर्जनाका लागि अनुमति दिने निर्णय गरेको हो । 

    उनले सार्वजनिक गरेको निर्याय अनुसार वीरगञ्जको पोखरिया, कपिलबस्तुको बोडगाउँ र जुम्लाको नराकोट सिँजामा नयाँ मालपोत तथा नापी कार्यालयहरु स्थापना गर्न संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय भएको छ । 

    यस्तै, २०८२ जेठ २, ३ र ४ गते काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्ने निर्णय भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरभित्रका सम्बन्धित मुद्दाको काम कारवाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित काठमाडौं उपत्यका मुकाम रहने गरी उपभोक्ता अदालत गठन गरिने बताए ।

    यस्तै बाल सुधार गृह भक्तपुर, मोरङ र कास्की तथा बाँकेको सञ्चालन र व्यवस्थापनको लागि महिला बालबालिका मन्त्रालय र न्यूनतम सुविधा विहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रमबीच भएको सम्झौताको अवधि आगामी २०८२ असार मसान्तसम्मका लागि थप गर्ने निर्णय गरेको छ ।

    यस्तै बैठकले सहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालन हुने कार्यक्रमका लागि चालू आर्थिक वर्षमा अधिकृत स्तरका थप १० अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ भने विश्वविद्यालय अनुदान आयोग आर्थिक कार्यविधि नियमावली, २०८१, आन्तरिक नियन्त्रण प्रणाली दिग्दर्शन, २०८१, विशेष आर्थिक क्षेत्र (दोस्रो संशोधन) नियमावली २०८१ स्वीकृत गरेको छ ।

    cabinet-21-magh-scaled.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend