२०८३, आश्विन २३ गते

images

सेयर बजारमा गिरावट

सेयर बजारमा गिरावट

बुधवार, माघ २३ २०८१०३:२६
बुधवार, माघ २३ २०८१०३:२६
  • images

    काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ४.४५ अंक घटेको छ । सो अंकको गिरावटपछि २७११ मा कायम भएको छ । समग्र बजार घट्दा पनि कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ८ अर्ब ९१ करोडको कारोबार भएकोमा आज ८ अर्ब ९५ करोडको भयो । ११३ कम्पनीको मूल्य बढ्दा १२२ को घट्यो भने ७ को स्थिर रह्यो ।

    समग्र बजार घटे पनि फाइनान्स सेक्टरमा उत्साह देखिएको छ । सो सेक्टर ५.६७ प्रतिशत बढ्यो । लोक्याप कम्पनीको बाहुल्य रहेको सो सेक्टर केही घटेको मौकामा आज अकस्मात लगानीकर्ता आकर्षित भए, जसले गर्दा सेक्टर नै उचालियो ।

    त्यस्तै हाइड्रोपावर सेक्टर ०.०४, निर्जीवन बीमा ०.१९ र अन्य सेक्टर ०.२८ प्रतिशत हरियो रहे । बैंकिङ ०.२६, विकास बैंक ०.९१, होटल तथा पर्यटन ०.४८, लगानी ०.२४, जीवन बीमा ०.३१, उत्पादन ०.८१, माइक्रोफाइनान्स ०.२६ तथा व्यापार १.४२ प्रतिशत घटे ।

    उपकार लघुवित्त, छ्याङ्दी हाइड्रोपावर र सेन्ट्रल फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो । पोखरा फाइनान्सको ९.८१, समृद्धि फाइनान्सको ९.४६, भूगोल इनर्जीको ९, गुहेश्वरी मर्चेन्ट फाइनान्सको ८ प्रतिशत मूल्य बढ्यो । दुई कम्पनी सामुदायिक लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशत घट्यो ।

    कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी, हिमालयन पावर पार्टनर, सप्तकोशी विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक र हिमालय ऊर्जा विकास कम्पनी क्रमशः अगाडि रहे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend