२०८३, आश्विन २३ गते

images
  • समाचार
  • नगरपालिकाको सहायक प्रशिक्षक बन्न नक्कली शैक्षिक...

नगरपालिकाको सहायक प्रशिक्षक बन्न नक्कली शैक्षिक प्रमाणपत्र पेश, अख्तियारले दायर गर्‍यो मुद्दा

नगरपालिकाको सहायक प्रशिक्षक बन्न नक्कली शैक्षिक प्रमाणपत्र पेश, अख्तियारले दायर गर्‍यो मुद्दा

बुधवार, माघ २३ २०८१०३:३९
बुधवार, माघ २३ २०८१०३:३९
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यता पेश गरेको आरोपमा बुधबार मुद्दा दायर गरेको छ । 

    आयोगले बुधबार बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका अन्तर्गतको जालपा माध्यमिक विद्यालयमा कार्यरत प्रशिक्षक दीपक बोहराले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको भन्दै आरोपपत्र दायर गरेको हो । 

    बोहरा माथि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेर जयपृथ्वी नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, बझाङमा सहायक प्रशिक्षक पदमा नियुक्ति लिएको आरोप लागेको छ । 

    आयोगले अनुसन्धान गर्दा बोहराले उच्च माध्यमिक शिक्षा परिषद्बाट जारी भएको +२ तहको लव्धाङ्क पत्रको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी राष्ट्रसेवकको ओहदा, हैसियत, लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएको भन्दैउक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको भन्दै कैद र जरिवाना सजायको मागदाबी गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend