२०८३, आश्विन २३ गते

images
  • अर्थतन्त्र
  • बैंकिमर्चेन्ट बैंकरले दिने २ सेवाको अनुमतिपत्र...

बैंकिमर्चेन्ट बैंकरले दिने २ सेवाको अनुमतिपत्र खुल्यो

बैंकिमर्चेन्ट बैंकरले दिने २ सेवाको अनुमतिपत्र खुल्यो

बुधवार, माघ २३ २०८१०९:५०
बुधवार, माघ २३ २०८१०९:५०
  • images

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकरले प्रदान गर्ने २ वटा सेवाको लाईसेन्स खुलाएको छ। धितोपत्र व्यवसायी ( मर्चेन्ट बैंकर) नियमावली, २०६७ बमोजिम मर्चेन्ट बैंकिङ्ग व्यवसाय अन्तर्गतको निष्कासन तथा बिक्री प्रबन्धक र शेयर रजिष्ट्रेशन सेवा सञ्चालन गर्ने मर्चेन्ट बैंकर व्यवसायको अनुमतिपत्र प्रदान गर्ने कार्य पुनः सुचारु गरिएको धितोपत्र बोर्डले जनाएको छ।

    ति सेवाको अनुमति पत्र प्रदान गर्ने कार्य २०७५ साउन देखि हालसम्म स्थगित रहेको थियो। उक्त सेवाको अनुमतिपत्र प्रदान गर्ने कार्य पुनः सुचारु गरिएको बोर्डले जनाएको छ। यस संगै नयाँ स्थापना भएका मर्चेन्ट बैंकरहरुले यी सेवा पाउन सक्ने छन् ।

    साथै अब मर्चेन्ट बैंकरले आईपीओ निष्काशन गर्न पनि पाउने छन्। व्यवसाय सञ्चालन गरेको दश वर्ष पूरा गरिसकेको तथा कम्तीमा एक अर्ब चुक्ता पुँजी कायम रहेको भए त्यस्ता मर्चेन्ट बैंकरले आईपीओ निकाल्न पाउने छन् । ३० प्रतिशत भन्दा कम नहुने गरी नियमानुसार धितोपत्र सार्वजनिक निष्कासन गर्न सक्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend