२०८३, आश्विन २३ गते

images

पोखरा फाइनान्सको सीईओ गुरुङ पदमुक्त, नायब प्रमुख कार्यकारीको जिम्मेवारी भट्टराईलाई

पोखरा फाइनान्सको सीईओ गुरुङ पदमुक्त, नायब प्रमुख कार्यकारीको जिम्मेवारी भट्टराईलाई

बिहिवार, माघ २४ २०८११२:३१
बिहिवार, माघ २४ २०८११२:३१
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले कारवाही गरेपछि पोखरा फाइनान्सको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत रवि चन्द्र गुरुङलाई पदमुक्त गरेको छ।

    राष्ट्र बैंकले स्थलगत निरीक्षणको क्रममा सञ्चालक समितिले संस्थाको कामकारबाहीमा निगरानी नगर्दा समस्याउन्मुखको अवस्थामा पुगेको भन्दै सञ्चालक समितिलाई सचेत गराएको थियो। लगत्तै बैंकले फाइनान्सको सीईओ गुरुङलाई सहुलियतपूर्ण कर्जा दुरुपयोग भएको तथा राष्ट्र बैंकबाट जारी सहुलियपूर्ण कर्जासम्बन्धी मार्गदर्शन उल्लंघन गरिएको भन्दै पहिलो पटकका लागि सचेत गराएको थियो।

    बैंकले नै सीईओ माथि प्रश्न गरेपछि बुधबार बसेको सञ्चालक समितिको बैठकले आजै देखि लागू हुने गरी सीईओ गुरुङलाई पदमुक्त गरेको हो। 

    समितिले गुरुङलाई हटाएर कामुको जिम्मेवारी नायब प्रमुख कार्यकारी अधिकृत राजु मोहन भट्टराईलाई दिएको छ। उनलाई कायममुकायम कार्यकारी प्रमुखको रुपमा नियुक्त गरिएको हो।

    यसअघि समस्याउन्मुख भएको भन्दै पोखरा फाइनान्स राष्ट्र बैंकको कारबाहीमा परेको थियो। 

    उनीसँगै ८ वटा फाइनान्सका सीईओलाई राष्ट्र बैंकले सचेत गराएको थियो। सीईओको काममा कैफियत देखिएपछि सञ्चालक समितिबाट गुरुङलाई बर्खास्त गरिएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend