२०८३, आश्विन २१ गते

images
  • समाचार
  • ताप्लेजुङमा फेरि झडप, प्रदर्शनकारी र प्रहरीसहित...

ताप्लेजुङमा फेरि झडप, प्रदर्शनकारी र प्रहरीसहित १२ जना घाइते

ताप्लेजुङमा फेरि झडप, प्रदर्शनकारी र प्रहरीसहित १२ जना घाइते

बिहिवार, फाल्गुण ८ २०८१०५:२७
बिहिवार, फाल्गुण ८ २०८१०५:२७
  • images

    काठमाडौँ । पाथीभरामा केबलकार निर्माणलाई लिएर ताप्लेजुङमा बिहीबार फेरि झडप भएको छ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा पाथीभरामा केवलकार निर्माणको विरोध गर्दै पुगेको टोली र प्रहरीबीच झडप भएको छ। 

    झडपमा ११ जना सुरक्षाकर्मी र एक जना आन्दोलनकारी घाइते भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।

    महतोसहित रकम चेमजोङ, डकेन्द्र थेगिम लगायतले नेतृत्व गरेको टोलीले केवलकार निर्माण स्थलमा रहेका सुरक्षाकर्मीमाथि आक्रमण गरेको शर्माले बताए।

    दिउँसो तीन बजेतिर उनीहरु निर्माणस्थलमा प्रवेश गरेर सुरक्षा घेरा तोडेर ढुंगामुडा प्रहार गरेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए।

    आक्रमणबाट नेपाल प्रहरीका ६ जना र सशस्त्र प्रहरीका ५ जना घाइते भएका छन्। आन्दोलनकारीतर्फ एक जना घाइते भएको सूचना आएको प्रजिअ शर्माले बताए।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend