काठमाडौँ । पब्लिक कम्पनीका रुपमा सूचीकृत एसियन लाइफ इन्स्योरेन्सले लगानी गरेको डेढ अर्ब रुपैयाँ डुब्ने जोखिम बढेको छ । कम्पनीले यती एयरलाइन्समा गरेको उक्त लगानी डुब्ने जोखिम बढेको हो ।
एसियन लाइफ इन्स्योरेन्समा हाल ४९ प्रतिशत शेयर पब्लिक (जनताको लगानी) छ भने बाँकी रहेको ५९ प्रतिशत सेयर लगानी सञ्चालक (प्रमोटर) को रहेको छ ।
नेपाल स्टक एक्चेन्जमा रहेको कम्पनीको तथ्यांक अनुसार १ करोड ६६ लाख ५९ हजार १९८ कित्ता सेयर पब्लिक रहेको छ । एशिएनले सन् २०१० मा नै ४९ प्रतिशत सेयर जनतालाई बिक्री गरेको थियो । जनताको पैसाबाट कम्पनीले यतीमा डेढ अर्ब रुपैयाँ लगानी गरेको हो ।
एभिएसन क्षेत्रमा लगानी गर्नेभन्दै एसिएनले २०८० को असोज अन्तिम साता यती एयरलाइन्सको ४९ प्रतिशत शेयरमा डेढ अर्ब रुपैयाँ लगानी गरेर रणनीतिक साझेदारको रुपमा भित्रिएको थियो । यतीमा भित्रिएको छोटो समयमै दुई लगानीकर्ता बीच मनमुटाव सुरु भैसकेको पाइएको छ ।
४९ प्रतिशत सेयर लिएर छोटो समयमा नै सञ्चालकबीच द्धन्द्ध उत्पन्न हुनु र लगानी नै डुब्नेसम्मको जोमिख सिर्जना भएको हो । यतीले नयाँ साझेदार भित्र्याएसँगै नयाँ जहाज ल्याउर थप गन्तव्य विस्तार गर्ने र आइपीओ समेत जारी गर्ने तयारी गरेको थियो । तयारी अनुसार एशिएनबाट आएको डेढ अर्ब रुपैयाँमा २ वटा जहाज समेत थप गरिसकेको छ ।
थप नयाँ जहाज ल्याउन र अन्य प्रशासनीक कामका लागि रकम अभाव भएपछि दुई सञ्चालकबीच द्धन्द्ध सुरु भएको हो । एशियनले सुरुवाती चरणमा डेढ अर्ब र पछि थप डेढ अर्ब रुपैयाँ लगानी गर्न यतीले आग्रह गरेको थियो ।
तर एशियन लाइफ भने डेढ अर्बभन्दा बढी लगानी गर्न नसक्ने भनेर पन्छीएपछि मनमुटाव सुरु भएको स्रोतको दाबी छ । ‘एशियनबाट ल्याएको डेढ अर्बबाट २ वटा जहाज आयो, थप डेढ अर्बबाट २ वटा जहाज ल्याउने यतीको योजना थियो । तर एशियनले थप लगानी गर्न नसक्ने भएपछि मनमुटाव सुरु भएको पाइएको हो’, स्रातले भन्यो ।
एशियनले नयाँ जहाज ल्याउनका लागि रकम नदिएपछि यतीले पुनः लगानीकर्ताको खोजी सुरु गरेको छ । ‘आइपीओ जारी गरेर आएको पैसाबाट जहाज ल्याउने तयारी पनि भएको थियो । तर, अहिले झन्डै २ वर्षदेखि अन्य कम्पनीको आइपीओ रोकिरहेको अवस्थामा यतीको समेत आइपीओ आउन समय लाग्नेभएपछि शेर्पा समूह लगानीकर्ताको खोजिमा लागेको हो’, स्रोतले भन्यो ।
डेढ अर्बको मात्रै सहमति हो, एशियन
शेर्पा र इन्स्योरेन्स समूहबीच विवाद सुरु भैरह्दा एशियन लाइफले भने त्यसको बचाउँ गरेको छ । इन्स्योरेन्सका अध्यक्ष दीपक कुमार श्रेष्ठले सञ्चालकबीच विवाद केही नभएको बताए ।
'हामी नियमित सम्पर्कमा नै छाैँ। अहिलेसम्म मनमुटाव केही छैन्, जहाज खरिदका लागि लगानीकर्ताको खोजी भएको हो । हामीले सहमति अनुसार नै डेढ अर्ब रुपैयाँ लगानी गरेर भित्रिएका हौँ । हामीले थप लगानी गर्नसक्ने अवस्था छैन्’, उनले भने ।
उनले शेर्पा समूहले लगानीकर्ताको खोजी गरेको पुष्टि गरे ।
यो पनि हेर्नुहोस्
गम्भीर सुरक्षा लापरबाही गरेको भन्दै क्यानले खोस्यो यतीका सीईओको जिम्मेवारी
यती एयरलाइन्समा एसियन लाइफ भित्रिएपछि बबण्डर, फेरि फुटको संघारमा

