२०८३, भाद्र १३ गते

images
  • समाचार
  • आजकाे माैसम: काेशी गण्डकीका केही स्थानमा...

आजकाे माैसम: काेशी गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

आजकाे माैसम: काेशी गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

images
सोमवार, चैत्र १८ २०८१०७:५०
सोमवार, चैत्र १८ २०८१०७:५०
  • काठमाडौँ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

    लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

    यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपाय र सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend