२०८३, भाद्र १३ गते

images
  • अटो
  • साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनद्वारा प्रोजेक्ट डल्फिनको...

साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनद्वारा प्रोजेक्ट डल्फिनको घोषणा

साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनद्वारा प्रोजेक्ट डल्फिनको घोषणा

images
शुक्रवार, चैत्र २२ २०८१०४:३१
शुक्रवार, चैत्र २२ २०८१०४:३१
  • काठमाडौँ । नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकद्वारा सञ्चालित साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ) ले नेपालमा संकटग्रस्त डल्फिन संरक्षणका लागि ‘सीबीसीएफ प्रोजेक्ट डल्फिन’ को घोषणा गरेको छ । विश्व जलचर जनावर दिवसको अवसरमा पाटन संग्रहालयमा आयोजित विशेष समारोहमा उक्त परियोजना औपचारिक रूपमा सार्वजनिक गरिएको हो ।

    कम्पनीका अनुसार नेपालका नदीनालामा पाइने गंगा नदी डल्फिन संकटग्रस्त प्रजातिमा पर्छन् । सन् २०१६ मा गरिएको सर्वेक्षण अनुसार नेपालमा जम्मा ५२ वटा डल्फिन मात्र बाँकी रहेको तथ्यांक छ । बीवाईडी डल्फिन ईभी को लोकप्रियतासँगै डल्फिन संरक्षणलाई जोड्दै यो परियोजना नेपालको जैविक विविधता जगेर्ना गर्न विशेष पहल हुने आयोजकहरूले बताएका छन् ।

    उद्घाटन समारोहमा कम्युनिटी, कोलाबोरेसन र कन्जर्भेसनविषयमा विशेष प्यानल डिस्कसन सम्पन्न भयो । राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत अम्बिका प्रसाद खतिवडा, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक छत्रमान शर्मा, जेन गुडअल इन्स्टिच्युट नेपालका कार्यकारी निर्देशक सृष्टि सिंह भण्डारी तथा डब्लुडब्लुएफका फ्रेसवाटर कार्यक्रम संयोजक आशीष कपाली प्यानलिस्टका रूपमा उपस्थित थिए ।

    वन्यजन्तु संरक्षणका लागि विशेष योगदान पुर्याएका ९१ वर्षीय भोजराज श्रेष्ठ (गुलेली बाजे) लाई सम्मान गरिएको थियो । उनले बालबालिकाबाट ८,००० भन्दा बढी गुलेली संकलन गरी चरा तथा अन्य जीवजन्तुहरूको सुरक्षामा महत्वपूर्ण योगदान दिएका थिए ।

    बालबालिकालाई डल्फिन संरक्षणका विषयमा जानकारी गराउने उद्देश्यले ‘डल्फिनको सपना’ नामक पुस्तक लोकार्पण गरियो । अनुराधाद्वारा लिखित र प्रकाश रञ्जितद्वारा चित्रित उक्त पुस्तकलाई बीवाईडीका ब्रान्ड एम्बेसडर हरिवंश आचार्य तथा लिड नेपालका अध्यक्ष अनिल केशरी शाहले सार्वजनिक गरेका हुन् ।

    साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठका अनुसार ‘सीबीसीएफ प्रोजेक्ट डल्फिन’ डल्फिन मात्र होइन, तिनको बासस्थान, जंगल, नदी तथा समुदायको संरक्षणका लागि विस्तारित परियोजना हो । उनले भने, ‘बीवाईडी केवल ईभी गाडीको प्रवर्द्धनमा सीमित छैन, हामी वातावरण संरक्षण र दिगो विकासको पक्षमा पनि दृढ प्रतिबद्ध छौं ।’

    बीवाईडीको नवप्रवर्तन र संरक्षण प्रयासलाई एकसाथ अगाडि बढाउँदै सीबीसीएफ प्रोजेक्ट डल्फिनले नेपालमा जैविक विविधताको रक्षा गर्ने र भविष्यमा थप संरक्षण पहलकदमी ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend