२०८३, आश्विन २२ गते

images

बुटवल पावरको एफपीओ निष्कासन प्रस्ताव रद्द

बुटवल पावरको एफपीओ निष्कासन प्रस्ताव रद्द

सीएनएन खबर
सोमवार, चैत्र २५ २०८१०२:०८
सीएनएन खबर
सोमवार, चैत्र २५ २०८१०२:०८
  • images

    काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले प्रस्ताव गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) को रद्द गरी हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीको चैत २२ गते बसेको सञ्चालक समितिको बैठकले एफपीओ निष्कासन गर्ने प्रस्ताव रद्द गर्दै हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो।

    कम्पनीले प्रिमियम मूल्यमा १ करोड कित्ता एफपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन समेत दिइसकेको अवस्थामा रद्द गर्ने निर्णय गरेको हो । एफपीओ निष्कासन प्रक्रिया रद्द गरी ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णयमा कम्पनी पुगेको हो ।

    हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ४० करोड ९० लाख ६४ हजार ६०० रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय कम्पनीले गरेको हो ।

    ४०% हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ३६ करोड ३६ लाख २५ हजार ८०० रुपैयाँ कायम हुनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend