२०८३, आश्विन २२ गते

images
  • समाचार
  • आजको मौसमः यी चार प्रदेशमा वर्षाको...

आजको मौसमः यी चार प्रदेशमा वर्षाको सम्भावना

आजको मौसमः यी चार प्रदेशमा वर्षाको सम्भावना

शुक्रवार, चैत्र २९ २०८१०७:१२
शुक्रवार, चैत्र २९ २०८१०७:१२
  • images

    काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बंगालको खाडीबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधरणतयादेखि पूर्णतया बदलीको अवस्था रहेको छ । कोशी, मधेश प्रदेशका केही स्थानहरूमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम तथा एकदुई स्थानमा भारी वर्षा भइरहेको छ ।

    आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा देशका बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति भने कोशी र मधेश प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

    यसबाट हालसम्म देशव्यापी रहिरहेको तुँवालो क्रमिक रुपमा कम हुने देखिन्छ । मेघगर्जन र चट्याङ, वर्षा, हिमपात लगायत तुँवालोका कारण स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend