२०८३, आश्विन २२ गते

images
  • समाचार
  • भारतको आसाममा प्रक्राउ परेका प्रसाईंलाई झापा...

भारतको आसाममा प्रक्राउ परेका प्रसाईंलाई झापा ल्याइयो, जहाजबाट काठमाडौँ ल्याईदैँ

भारतको आसाममा प्रक्राउ परेका प्रसाईंलाई झापा ल्याइयो, जहाजबाट काठमाडौँ ल्याईदैँ

शुक्रवार, चैत्र २९ २०८१०७:५३
शुक्रवार, चैत्र २९ २०८१०७:५३
  • images

    काठमाडौँ । भारतको आसाम राज्यबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई झापा ल्याइएको छ । तीनकुने घटनाका मुख्य योजनाकार मानिएका प्रसाईंलाई अब विमानमार्फत काठमाडौं ल्याइने तयारी भइरहेको प्रहरीले जनाएको छ।

    १५ चैतको प्रदर्शनका नाममा हिंसा भड्काएर फरार भएका उनलाई नेपाल प्रहरीको विशेष ब्युरोले पूर्वी नेपालको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको अधिकारीहरूले बताएका छन् ।

    उत्पात मच्याएर भागेका प्रसाईंलाई खोज्न नेपाल प्रहरीका तीन टोली भारतसम्म पुगेका थिए ।

    राजावादीको हिंसात्मक प्रदर्शनमा प्रसाईंले प्रहरीलाई कुल्चने गरी गाडी कुदाएका थिए भने उनका समर्थहरूले विभिन्न सार्वजनिक तथा निजी भवन, सञ्चारगृह र व्यापारिक केन्द्र गरी कुल ४० संरचनामा ढुंगामुढा, तोडफोड, आगजनी र लुटपाट गरेका थिए । 

    त्यस्तै सार्वजनिक तथा निजी गरी ६९ वटा गाडीमा क्षति पुर्‍याएका थिए । घटनामा पत्रकार सुरेश रजक र प्रदशर्नकारी सविन महर्जनको ज्यान गएको थियो भने १२९ जना घाइते भएका थिए, पाँच जना अझै अस्पतालमा छन् ।

    प्रसाईं भागे पनि प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महमन्त्री धवलशमशेर राणासहित ७९ जनालाई पक्राउ गरेको छ । प्रहरीले मिश्र र राणालाई राजद्रोह, संगठित अपराध र सार्वजनिक उपद्रवसहितका मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend