२०८३, आश्विन २२ गते

images

सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च

शुक्रवार, चैत्र २९ २०८१११:२९
शुक्रवार, चैत्र २९ २०८१११:२९
  • images

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज (शुक्रबार) सुनको मूल्य तोलामा ३ हजार ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख  ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

    यस अघि बिहीबार सुन तोलामा एक लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य  पनि बढेको छ । आज चाँदी एक हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।  बिहीबार चाँदी एक हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend