काठमाडौँ । साताको पहिलो कारोबार दिन नै सनुको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आइतबार सुन प्रतितोला १ हजार रुपैयाँले बढेको हो ।
बढेसँगै आइतबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन तोलाको एक लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार चाँदी एक हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको थियो।
आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ५९ हजार ४६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६ सय ८० रुपैयाँ कायम भएको छ ।

