२०८३, आश्विन २२ गते

images

बजारमा अत्यधिक तरलता, थप ३० अर्ब खिच्दै राष्ट्र बैंक

बजारमा अत्यधिक तरलता, थप ३० अर्ब खिच्दै राष्ट्र बैंक

आइतवार, चैत्र ३१ २०८११०:४३
आइतवार, चैत्र ३१ २०८११०:४३
  • images

    काठमाडौँ । बजारमा अत्यधिक तरलता कायम भइरहेपछि नेपाल राष्ट्र बैंकले फेरि ३० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत झिक्न लागेको छ। आइतबारका लागि तय गरिएको यो निक्षेप संकलन कार्यक्रम २१ दिन अवधिको हुनेछ। 

    राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलकबोल प्रक्रियामा भाग लिन सक्नेछन्। निक्षेप संकलनमा न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ अर्ब रुपैयाँको अनुपातमा बोलकबोल गर्न सकिने जनाइएको छ।

    यसरी खरिद गरेको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend