२०८३, आश्विन २२ गते

images

सोमबार देशभर सार्वजनिक विदा

सोमबार देशभर सार्वजनिक विदा

आइतवार, चैत्र ३१ २०८११२:०९
आइतवार, चैत्र ३१ २०८११२:०९
  • images

    काठमाडौँ । नेपाली पात्रो अनुसार भोलि वैशाख १ गते अर्थात् नयाँ वर्ष २०८२ शुरू हुँदैछ। विक्रम् संवत् अङ्ग्रेजी संवत् अर्थात् एडीभन्दा ५६.७ वर्षले अगाडि छ।

    विक्रमादित्यले चलाएको संवत् भएकाले यसलाई विक्रम् सम्वत भनिएको हो। यो मौलिक संवत्का रूपमा मल्लकालदेखि नै चलिआएको छ।

    नयाँ वर्षमा नेपालमा र विदेशमा रहेका नेपालीहरूले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरेर मनाउँने गरिन्छ। नयाँ वर्षका साथै भोलि मेष संक्रान्ति र बिस्का जात्रा पर्व समेत रहेको छ।

    हरेक नयाँ वर्षको दिन नेपालभर सार्वजनिक बिदा दिने गरिन्छ। यससँगै नयाँ वर्षका दिन भोलि सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, लगायत शेयर बजार बन्द रहनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend