२०८३, आश्विन २२ गते

images
  • समाचार
  • रविले थुनामुक्त गर्न माग गर्दै दायर...

रविले थुनामुक्त गर्न माग गर्दै दायर निवेदनमा सुनुवाइ जारी

रविले थुनामुक्त गर्न माग गर्दै दायर निवेदनमा सुनुवाइ जारी

आइतवार, चैत्र ३१ २०८१०३:०६
आइतवार, चैत्र ३१ २०८१०३:०६
  • images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले दायर गरेको निवेदनमा सुनुवाइ भइरहेको छ ।हाल भैरहवा कारागारमा रहेका लामिछाने गत शुक्रबार मात्रै आफूलाई थुना बाहिर राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राख्दै सर्वोच्चमा निवेदन दर्ता गराएका थिए । लामिछानेका तर्फबाट उनकी श्रीमती निकिताले निवेदन दर्ता गराएकी थिइन् ।

    उक्त रिटमा न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ भइरहेको सर्वोच्च प्रशासनले जनाएको छ ।

    यसअघि सहकारी ठगी प्रकरणमा १३ माघ २०८१ मा बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर, उक्त आदेशविरुद्ध सरकारी वकिल पक्ष र रवि आफैं पनि उच्च अदालत बुटवल पुगेका थिए ।

    अदालतको आदेशको सम्मान गर्दै शरीरमा रगत रहेसम्म लडाइँ जारी राख्ने लामिछानेले बताएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend