२०८३, आश्विन २२ गते

images

पुल निर्माणमा ४ लाख भ्रष्टाचार गरेको आरोपमा आठजनाविरुद्ध मुद्दा

पुल निर्माणमा ४ लाख भ्रष्टाचार गरेको आरोपमा आठजनाविरुद्ध मुद्दा

आइतवार, चैत्र ३१ २०८१०५:०९
आइतवार, चैत्र ३१ २०८१०५:०९
  • images

    काठमाडौं । बाजुराको त्रिवेणी नगरपालिका–५ मा निर्माण गरिएको किम्नी खोला ट्रस पुल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठजना विरुद्ध मुद्दा दायर गरेको छ।

    आयोगको अनुसन्धानमा आरोपीहरूले पुल निर्माण गर्दा प्रयोग भएको सामग्रीभन्दा बढी मात्रामा देखाएको, गुणस्तरहीन र आकार समेत नमिलेको सामग्री प्रयोग गरेर ४ लाख ३१ हजारभन्दा बढी रकम हिनामिना गरेको खुलेको छ।

    यसमा त्रिवेणी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतद्वय तीर्थराज थापामगर र खगेन्द्र साउद, तत्कालीन इन्जिनियर नबिन साउद र सबइन्जिनियर राजेन्द्र बहादुर बि.क, असिस्टेन्स सब इन्जिनियर राजेन्द्र बहादुर साउद तथा उपभोक्ता समितिका अध्यक्ष जंग बहादुर बुढा, सचिव डम्म ब. बुढा र कोषाध्यक्ष तुली देवी बुढाको संलग्नता पाइएको छ।

    अख्तियारले आरोपीहरूविरुद्ध भ्रष्टाचार बराबरको बिगो कायम गरी विशेष अदालत काठमाडौंमा आज चैत ३१ गते मुद्दा चलाएको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend