२०८३, आश्विन २२ गते

images

न्यायाधीश भुवन गिरीले पाए सफाई

न्यायाधीश भुवन गिरीले पाए सफाई

आइतवार, चैत्र ३१ २०८११०:३०
आइतवार, चैत्र ३१ २०८११०:३०
  • images

    काठमाडौं । वैवाहिक बलात्कारमा जिल्ला अदालतबाट दोषी ठहर भएका जिल्ला न्यायाधीश भुवन गिरीले उच्च अदालतबाट सफाई पाएका छन् ।  वैवाहिक बलात्कार मुद्दामा आइतबार उच्च अदालत पाटनका न्यायाधीश लालबहादुर कुँवर र डिल्लिरत्न श्रेष्ठको संयुक्त इजलासले उनलाई सफाइ दिएको हो ।

    जिल्ला अदालत काठमाडौँले करिव एक वर्ष अघि गत जेठमा दोषी ठहर गर्दै थुनामा पठाउन आदेश गरेको थियो । जिल्ला अदालत काठमाडौँले गिरीलाई सात वर्ष कैद सयाज र तीन लाख जरिवानाको सजाय सुनाएको थियो । जिल्लाको उक्त आदेशविरुद्ध गिरीले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए भने जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पनि माग दाबी अनुसार सजायको फैसला नभएको भन्दै उच्च अदालत पाटनमा नै रिट दायर गरेको थियो । पुनरावेदन रिटमाथि आइतबार भएको सुनुवाइपछि जिल्लाको आदेश उल्टी गर्दै गिरीलाई सफाइ दिइएको उच्च अदालत पाटनले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend