२०८३, आश्विन २२ गते

images

पियोर इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

पियोर इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

मंगलवार, बैशाख २ २०८२१०:३०
मंगलवार, बैशाख २ २०८२१०:३०
  • images

    काठमाडौँ । पियोर इनर्जी कम्पनीले बिहीबारदेखि सर्वसाधारणका लागि निष्काशन तथा विक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । 

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता शेयर निष्काशन गरेको हो।

    कम्पनीले यसअघि स्थानीयलाई १ लाख ६० हजार कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि १ लाख ४४ हजार कित्ता शेयर निष्काशन गरिसकेको छ ।

    सर्वसाधारणका लागि खुला गरिएको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। 

    सीडीएसका अनुसार उक्त आईपीओमा सोमबार (चैत ३१ गते) साँझ ५ः०७ बजेसम्ममा १६ लाख ३४ हजार ४८९ जनाले १ करोड ९२ लाख ९४ हजार ७६० कित्ताको लागि आवेदन दिएका छन् ।

    कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङले लिएको छ। 

    लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend