२०८३, आश्विन २२ गते

images
  • समाचार
  • आजको मौसमः अपराह्नपछि काठमाडौंमा मेघगर्जनसहित वर्षाको...

आजको मौसमः अपराह्नपछि काठमाडौंमा मेघगर्जनसहित वर्षाको सम्भावना

आजको मौसमः अपराह्नपछि काठमाडौंमा मेघगर्जनसहित वर्षाको सम्भावना

बुधवार, बैशाख ३ २०८२०७:११
बुधवार, बैशाख ३ २०८२०७:११
  • images

    काठमाडौँ । देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । काठमाडौंसहित केही क्षेत्रमा वर्षा हुनेछ । 

    दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया मौसम सफादेखि आंशिक बदली रहनेछ । 

    कोसी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिए । 

    देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    काठमाडौंमा पनि आज वर्षाको सम्भावना छ । अपाह्नपछि काठमाडौंमा वर्षाको सम्भावना रहेको मौसमविद् झाले जानकारी दिए ।

    “काठमाडौंको अपहराह्नपछि हल्का वर्षाको सम्भावना छ,” मौसमविद् झाले बाह्रखरीसँग भने, “ठूलो वर्षाको सम्भावना छैन । र, केही ठाउँमा मात्रै वर्षा हुन्छ । काठमाडौंका सबै ठाउँमा वर्षा हुने छैन ।” 

    राति कोसी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । 

    कोसी प्रदेशलगायत वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

    उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । हाल देशमा मुख्यतया स्थानीय वायुको प्रभाव रहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend