काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार बुधबार एकैदिन प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेर सुनले नयाँ रेकर्ड बनाएको हो ।
महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन तोलाको एक लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि सामान्य मूल्यले बढेको छ । आज चाँदी एक हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । मंगलबार चाँदी एक हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।
आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६० हजार ३ सय २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६ सय ७६ रुपैयाँ कायम भएको छ ।

