काठमाडौं । शेयर बजारमा सामान्य वृद्धि भएको छ । बजारमापक परिसूचक नेप्से बुधबार ९.७५ अंक बढेर २६९८.९७ को बिन्दुमा पुगेको छ ।
बुधबार दुईपटक नेप्से २७०० माथि पुगेर फेरि तल झरेको हो । सवा ११ बजे र साढे दुई बजे नेप्से २७०० नाघेको थियो । तर, उतारचढावपूर्ण बजारमा बजार बन्द हुने समयमा मात्र ९ अंकको वृद्धि भयो ।
बुधबार दुईपटक कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलोपमेन्ट बैंक र बलेफी हाइड्रोको मूल्य १० प्रतिशतले बढ्यो भने अन्य तीनवटा कम्पनीको शेयर मूल्य सर्किट लेभलमा बढेको थियो ।
१७४ कम्पनीको शेयर मूल्य बढ्दा ९७ कम्पनीको शेयर मूल्यमा भने गिरावट आयो । दुई कम्पनीको मूल्य यथावत रह्यो । बुधबार ७ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

