काठमाडौं । ८ जना उपसचिवको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन तथा शिक्षा सेवाका राजपत्रांकित द्वितीय श्रेणीका कर्मचारीहरूको सरुवा गरेको हो ।
यसैबीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २५ जना शाखा अधिकृतको सरुवा गरेको छ । नेपाल प्रशासन, शिक्षा, इन्जिनियरिङ र विविध सेवाका राजपत्रांकित तृतीय श्रेणीका कर्मचारीहरू सरुवा भएका हुन् ।

