२०८३, आश्विन २२ गते

images

साताको अन्तिम कारोबार दिन घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको अन्तिम कारोबार दिन घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

शुक्रवार, बैशाख ५ २०८२१०:४२
शुक्रवार, बैशाख ५ २०८२१०:४२
  • images

    काठमाडौँ । साताको अन्मित कारोबार दिन सुनको मूल्य घटेको छ । पछिल्लो केही दिन यता दिनदिनै बढेर रेकर्ड ब्रेक गरेको सुनको मूल्य शुक्रबार घटेको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेर तोलाको एक लाख  ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार सुन तोलाको एक लाख  ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बिहिबार चाँदी सोही मूल्यमा कारोबार भएको थियो। 

    आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६२ हजार ७ सय २५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६ सय ८० रुपैयाँ ५० पैसा कायम भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend