काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा निर्धारित मिति बैशाख ११ गतेदेखि नै हुने जनाएको छ ।
बोर्डले शुक्रबार एक विज्ञप्ती जारी गर्दै तोकिएकै समयमा परीक्षा हुने स्पष्ट पारेको हो । बोर्डले परीक्षा स्थगनसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना भ्रामक रहेको भन्दै त्यसप्रति भ्रममा नपर्न विद्यार्थी तथा अभिभावकहरूलाई आग्रह गरेको छ ।
यसअघि केही सामाजिक सञ्जालहरूमा कक्षा १२ को परीक्षा वैशाखपछि सारिएको भन्ने सूचना भाइरल भएको थियो, जसले अभिभावक र विद्यार्थीहरूमा अन्योलता सिर्जना गरेको थियो । बोर्डले यस्तो भ्रामक प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको भनेको छ ।
सम्पादन गरिएको

