२०८३, आश्विन २२ गते

images

साताको पहिलो कारोबार दिन नै सुनचाँदीको मूल्य स्थिर

साताको पहिलो कारोबार दिन नै सुनचाँदीको मूल्य स्थिर

आइतवार, बैशाख ७ २०८२१०:३९
आइतवार, बैशाख ७ २०८२१०:३९
  • images

    काठमाडौँ । शुक्रबार घटेको सुनको मूल्यले आइतबार स्थिर रहेको छ । पछिल्लो केही दिन निरन्तर बढेर रेकर्ड ब्रेक बनाएको सुनको मूल्य आइतबार स्थिर भएको हो । 

    नेपाल सुुनचाँदी व्यपसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको हो । महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख  ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार पनि  चाँदी सोही मूल्यमा कारोबार भएको थियो। 

    आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६२ हजार ७ सय २५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६ सय ८० रुपैयाँ ५० पैसा कायम भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend