२०८३, आश्विन २२ गते

images

नबिल बैंकको नाफामा छलाङ

नबिल बैंकको नाफामा छलाङ

आइतवार, बैशाख ७ २०८२०१:३८
आइतवार, बैशाख ७ २०८२०१:३८
  • images

    काठमाडौं । नबिल बैंकको नाफामा उल्लेख्य वृद्धि भएको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्म ४ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले चालू आवको सोही अवधिमा ५ अर्ब ५ करोड रुपैयाँको खुद नाफा कमाएको हो। 

    गत वर्षको त्रैमासिकको तुलनामा चालू आवको त्रैमासिकमा बैंकले खुद नाफा ३९ करोड रुपैयाँले नाफा बढाएको हो। बैंकले चैतसम्म १२ अर्ब ५ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले ब्याज आम्दानी शीर्षकमा १२ अर्ब ५५ करोड रुपैयाँ कमाएको थियो। 

    यो अवधिमा बैंकको ब्याज आम्दानी भने ५० करोडले घटेको हो। यो अवधिमा बैंकले खुद सञ्चालन आम्दानी बढाएको छ। गत वर्षको चैतमा १२ अर्ब सञ्चालन आम्दानी गरेको बैंकले चालू आवको सोही अवधिमा १३ अर्ब रुपैयाँ बराबरको आम्दानी गरेको हो। 

    यस्तै सञ्चालन नाफा पनि यो वर्ष बढेको छ। गत वर्षको चैतमा बैंकको सञ्चालन नाफा ६ अर्ब ६८ करोड रहेकोमा चालू आवमा बढेर ७ अर्ब १३ करोड रुपैयाँमा पुगेको छ।  

    नाफामा छलाङ मारेको बैंकको प्रतिसेयर आम्दानी भने २५ रुपैयाँ ५ पैसा छ। यस्तै तेस्रो त्रैमासिकम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब ८७ करोड रुपैयाँ छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend