२०८३, आश्विन २२ गते

images

सेयर बजारमा करेक्सन : ८ अर्ब बढीको कारोबार

सेयर बजारमा करेक्सन : ८ अर्ब बढीको कारोबार

आइतवार, बैशाख ७ २०८२०३:३१
आइतवार, बैशाख ७ २०८२०३:३१
  • images

    काठमाडौं ।  लगातार ३ दिन दिनसम्म वृद्धिपछि साताको पहिलो कारोबारका दिन आज सेयर बजार सूचक नेप्से घटेको छ । यस दिन नेप्से सूचक १६.५५ विन्दुले घटेर २७०६.१८ अंकमा आएको छ।

    आज ३२८ कम्पनीको २ करोड १३ लाख २३ हजार कित्ता शेयर किनबचे हुँदा ८ अर्ब ४३ करोड रुपैयाँको कारोबार भएको छ । भने २ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १३ मध्ये जम्मा ३ वटा समूहको सूचकमात्र बढेको छ ।

    यस दिन सूचकसँगै कारोबार रकम समेत प्रभावित भएको छ । अल्पकालीन कारोबारीले नाफा बुक गर्दा आइतबार बजार सामान्य प्रभावित भएको जानकारहरुको भनाइृ छ । यसअघि लगातार ३ दिनमा बजार ६०.६४ अंकले बढेको थियो । यसरी छोटो समयमा बढेको बजारबाट प्रोफिट बुक गर्नेहरु सक्रिय हुँदा सूचक प्रभावित भएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend