काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार रुपैयाँ पुगेको छ । आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार बढेसँगै उक्त रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेर हाल सम्मकै उच्च भएको हो।
महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन तोलाको एक लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।
आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६३ हजार ७ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६ सय ८० रुपैयाँ ५० पैसा कायम भएको छ ।

