काठमाडौं । सेयर बजार लगातार दोस्रो दिन पनि ओरालो लागेको छ । नेप्से आज ४.०४ अकंले घटेर २७०१.९९ बिन्दुमा बन्द भएको छ । आज ३१९ कम्पनीको २ करोेड १२ लाख ३ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७५ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
आज पाँच वटा उपसूचक राताम्य हुँदा ८ उपसूचकमा हरियाली आएको छ । यसदिन ११२ कम्पनीको सेयरमूल्य बढेको छ भने १३३ कम्पनीको घटेको छ ।

