काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख रुपैयाँ पुगेको छ । मंगलबार प्रतितोला ६ हजार ९ सय रुपैयाँले बढेसँगै अब सुन किन्न २ लाख रुपैयाँ लाग्ने भएको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १ हजार ९७० रुपैयाँ कायम छ । पछिल्लो केही दिन यता सुनको मूल्य निरन्तर बढ्दा दैनिक नयाँ रेकर्ड बनाएको छ ।

