काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत सहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले मंगलबार बारा जिल्लाको पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्याम प्रसाद यादव र लेखापाल हासिम मियाँ अंसारी र कमल कुमार उपाध्याय विरुद्ध मुद्दा दायर गरेको हो ।
उनीहरुमाथि सार्वजनिक खरिद ऐनलाई छलेर विज्ञापन प्रकाशित नगरी आर्थिक अनियमितता गरेको आरोप लगाईएको छ ।
उनीहरुमाथि ३ लाख ५२ हजार ५६० रुपैयाँ अनियमितता गरेको आरोप लागेको छ । आयोगले उक्त रकम विगो दाबी गर्दै मंगलबार बिशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।

