२०८३, आश्विन २२ गते

images
  • समाचार
  • पोखरा महानगरका शाखा अधिकृत गिरीविरुद्ध भ्रष्टाचार...

पोखरा महानगरका शाखा अधिकृत गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पोखरा महानगरका शाखा अधिकृत गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मंगलवार, बैशाख ९ २०८२०१:३३
मंगलवार, बैशाख ९ २०८२०१:३३
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको पोखरा महानगरपालिका एक अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    घुसररिसवत लिई भ्रष्टाचार गरेको आरोपमा महानगरको उजुरी फर्छ्यौट तथा समन्वय शाखामा कार्यरत अधिकृत कपिल गिरीविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

    उनका अनुसार गिरीले उजुरीसँग सम्बन्धित प्रमाण मेटाइदिने भन्दै सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिएका थिए ।

    गिरीले उजुरीसँग सम्बन्धित प्रमाण मेटाई फरफारक गर्ने भन्दै सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि उनीविरुद्ध आरोपपत्र दायर गरिएको हो । आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार उनलाई कैद र जरिवाना दुवै सजायको मागदाबी गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend