२०८३, आश्विन २२ गते

images

गभर्नर सिफारिस समितिबाट बाहिरिए सदस्य भट्टराई

गभर्नर सिफारिस समितिबाट बाहिरिए सदस्य भट्टराई

मंगलवार, बैशाख ९ २०८२०३:२०
मंगलवार, बैशाख ९ २०८२०३:२०
  • images

    काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ गभर्नर सिफारिस समितिका सदस्य पूर्वगभर्नर डा. विजयनाथ भट्टराईले राजीनामा दिएका छन्। सरकारले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । तर मन्त्रिपरिषद् निर्णयबाट ११ चैतमा गठित समितिले एक महिना बित्न लाग्दा एउटा पनि बैठक गर्न सकेको छैन  । राजनीतिक सहमति भईसकेको प्रतिकृया आएपनि अर्थमन्त्रीको संयोजकत्वमा गठित सिफारिस समतिको बैठक नसकेको र लम्बिएको कारण राजिनामा दिएको उनले बताएका छन् ।

    गभर्नर पद भने २४ चैतपछि रिक्त छ ।राष्ट्र बैंक ऐनअनुसार गभर्नर पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नयाँ गभर्नर नियुक्त हुनुपर्छ ।तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिनुअघि नै सरकारले उपप्रधान तथा अर्थमन्त्री पौडेलको संयोजकत्वमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेल र राष्ट्र बैंकका पूर्वगभर्नर विजयनाथ भट्टराई सदस्य रहेको सिफारिस समिति गठन गरेको थियो । तर सिफारिस प्रक्रिया नै अघि नबढेपछि सरकारले २५ चैतदेखि डेपुटी गभर्नर नीलम ढुंगानालाई कायममुकायम जिम्मेवारी दिएको छ ।

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend