काठमाडौं । लगातार तेस्रो दिन सेयर बजार ओरालो लागेको छ । नेप्से सूचक २७ सयको मनोवैज्ञानिक बिन्दु पार गर्न नसक्दा बजारले नयाँ दिशा लिन सकेको छैन ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.९३ अकंले घटेर २६९३.३५ बिन्दुमा कायम भएको छ । आज ३१९ कम्पनीको २ करोड २५ लाख ५५ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको छ ।
यसदिन ९ उपसूचक राताम्य भएका छन् भने ४ उपसूचकमा हरियाली आएको छ। आज ८६ कम्पनीको मूल्य बढेको छ भने १६० कम्पनीको घटेको छ।

