२०८३, आश्विन २२ गते

images
  • अर्थतन्त्र
  • 'घुस लिने' प्रधानाध्यापक भ्रष्टाचार मुद्दामा दोषी...

'घुस लिने' प्रधानाध्यापक भ्रष्टाचार मुद्दामा दोषी ठहर

'घुस लिने' प्रधानाध्यापक भ्रष्टाचार मुद्दामा दोषी ठहर

मंगलवार, बैशाख ९ २०८२०६:२९
मंगलवार, बैशाख ९ २०८२०६:२९
  • images

    काठमाडौं । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–५, स्थित राजनारायण माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक रेशमराज कँडेल र सञ्चालक समितिका सदस्य सुरेन्द्र कहार भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार, विद्यालय बनिसकेपछि ठेकेदारलाई भुक्तानी दिने क्रममा घुस मागेपछि उनीहरूलाई घुस रकमसहित पक्राउ गरिएको थियो । ०८१ माघ २० गते अख्तियारले उनीहरूसहित सहायक लेखापाल सुरेश गुप्ताविरुद्ध मुद्दा दायर गरेको थियो ।

    मंगलबार विशेष अदालतका सदस्यहरू न्यायाधीश तेजनारायण सिंह राई, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले कँडेल र कहारलाई दोषी ठहर गरेको हो । गुप्ताले भने सफाइ पाएका छन् ।

    गुप्ताको टेबुल छेउमा घुसबापतको ५० हजार रुपैयाँ भेटिएको थियो । तर, उनको सहमतिमा रकम राखेको प्रमाणित हुन नसकेपछि अदालतले गुप्तालाई सफाइ दिएको हो ।

    विद्यालयको भवन निर्माणपछि अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीबाट ६५ हजार रुपैयाँ घुस लिएको अवस्थामा उनीहरूलाई रंगेहात फेला पारिएको अख्तियारले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend