२०८३, आश्विन २२ गते

images

७ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

७ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुधवार, बैशाख १० २०८२१०:३८
बुधवार, बैशाख १० २०८२१०:३८
  • images

    काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार तोलामा ६ हजार ९ सय रुपैयाँले बढेर हाल सम्मकै उच्च रेकर्ड बनाएको सुनको मूल्य आज प्रतितोला ७ हजार ५०० रुपैयाँले घटेको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको एक लाख  ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन तोलाको एक लाख ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। 

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी एक हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । मंगलबार चाँदी एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको थियो। 

    आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६३ हजार २३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६८४ रुपैयाँ ५० पैसा कायम भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend