२०८३, आश्विन २२ गते

images

चौथो दिन पनि घट्यो सेयर बजार

चौथो दिन पनि घट्यो सेयर बजार

बुधवार, बैशाख १० २०८२०३:३२
बुधवार, बैशाख १० २०८२०३:३२
  • images

    काठमाडौं । चौथो दिन पनि सेयर बजारमा गिरावट आएको छ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.४४ अंकले घटेर २६५५.८८ विन्दुमा रोकिएको छ ।

    अघिल्लो कारोबार दिन मंगलबार नेप्से ९.९६ अंकले, सोमबार ७.७५ अंलके र आइतबार १६.६८ अंकले घटेको थियो । त्यसअघिका तीन कारोबार दिन भने नेप्से लगातार बढेको थियो ।

    बुधबार नेप्सेमा कुल ७ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार नेप्सेमा ७ अर्ब ९२ करोड, सोमबार ८ अर्ब ५० करोड र आइतबार ८ अर्ब १२ करोडको कारोबार भएको थियो ।

    बुधबार कारोबारमा आएकामध्ये २८ कम्पनीको सेयर मूल्य बढ्दा २१७ कम्पनीको घटेको छ । यस्तै, एक कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

    आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा कर्पोरेट विकास बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend