२०८३, आश्विन २२ गते

images
  • समाचार
  • गर्मी बढ्दै, घरभित्र बस्न मौसम विभागको...

गर्मी बढ्दै, घरभित्र बस्न मौसम विभागको आग्रह

गर्मी बढ्दै, घरभित्र बस्न मौसम विभागको आग्रह

बिहिवार, बैशाख ११ २०८२०७:१२
बिहिवार, बैशाख ११ २०८२०७:१२
  • images

    काठमाडौं । लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा बिगत केही दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

    महाशाखाले बुधबार साँझ बुलेटिन जारी गर्दै केही दिनयता मधेस प्रदेसलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा ३८ डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको बताएको छ।देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार आगामी दुई दिनसम्म मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा अत्याधिक गर्मीको सम्भावना देखिएको महाशाखाले बताएको छ।

    अतः आवश्यक तयारी गर्न र सतर्कता अपनाउन भनेको छ। लुम्बिनी प्रदेशका तराईका भू–भागहरूमा शुक्रबारसम्म तातो लहरको समेत सम्भावना रहेको हुनाले त्यसको को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिन्छ।

     

    यसबाट बच्न तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहन पनि महाशाखाले भनेको छ। बाहिरी वातावरणमा बढी नजान, घाममा बढी ननिस्कन, हल्का लुगा लगाउन, सुती कपडा लगाउन, बाहिर निस्कँदा टाउको छोप्न, टोपी लगाउने, नियमित ९पटक–पटक० पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनसमेत महाशाखाले अनुरोध गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend