२०८३, आश्विन २१ गते

images
  • अटो
  • ढुंगेअड्डामा गुड्दै गरेको बसमा आगलागी, कस्तो...

ढुंगेअड्डामा गुड्दै गरेको बसमा आगलागी, कस्तो छ यात्रुको अवस्था ?

ढुंगेअड्डामा गुड्दै गरेको बसमा आगलागी, कस्तो छ यात्रुको अवस्था ?

बिहिवार, बैशाख ११ २०८२०२:२१
बिहिवार, बैशाख ११ २०८२०२:२१
  • images

    काठमाडौँ । काठमाडौंको ढुंगेअड्डामा सडकमा गुड्दै गरेको बसमा आगलागी भएको छ। बिहीबार दिउँसो चन्द्रागिरी नगरपालिका-१५ स्थित पिपलबोटको मूल सडकमा कलंकीबाट थानकोट जाँदै गरेको पाँचपोखरी यातायातको ९७८६ नम्बरको बसमा आगलागी भएको हो।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार सडकमा गुड्दै गरेको बसमा आगलागी हुँदा बस पूर्णरुपमा क्षति भएको छ। उनका अनुसार यात्रु भने सकुशल रहेका छन्।

    बसको इन्जिनमा एक्कासी आगो लागेपछि यात्रुहरू आत्तिएर बाहिर निस्किएका थिए। सावधानी अपनाउँदा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। चन्द्रगिरी नगरपालिकाको दमकल, पानी ट्यांकर,प्रहरी र स्थानीयको सहयोगबाट आगो नियन्त्रणमा लिएको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend