२०८३, आश्विन २२ गते

images

रेकर्ड ब्रेक गरेर घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

रेकर्ड ब्रेक गरेर घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

शुक्रवार, बैशाख १२ २०८२१०:४५
शुक्रवार, बैशाख १२ २०८२१०:४५
  • images

    काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य  घटेको छ । आज सुन प्रतितोला एक हजार रुपैयाँले घटेको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख  ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार सुन तोलाको एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी दश रुपैयाँले घटेको हो । महासंघको अनुसार आज चाँदी दुई हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी दुई हजार १० रुपैयाँमा कारोबार भएको थियो। 

    आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६२ हजार ५५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ७१४ रुपैयाँ  ५० पैसा कायम भएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend