२०८३, आश्विन २२ गते

images
  • समाचार
  • कान्तिलोकपथ सडकमा १५ दिन सवारीसाधन आवागमन...

कान्तिलोकपथ सडकमा १५ दिन सवारीसाधन आवागमन बन्द गरिने

कान्तिलोकपथ सडकमा १५ दिन सवारीसाधन आवागमन बन्द गरिने

सीएनएन खबर
शनिवार, बैशाख १३ २०८२०८:२४
सीएनएन खबर
शनिवार, बैशाख १३ २०८२०८:२४
  • images
    काठमाडौँ । हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोक सडकखण्डमा यही वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म सवारीसाधनको आवागमन बन्द हुने भएको छ । 
     
    जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गरी सो सडकखण्डअन्तर्गत मकवानपुरको बकैया गाउँपालिकास्थित ठिङ्गन–बगुवा खण्डमा सडक स्तरोन्नतिको काम हुने भएकाले सवारीसाधन आवागमन बन्द हुने जानकारी दिएको छ । 
     
    मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कँडेलका अनुसार वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म १५ दिन बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म दैनिक छ घण्टा सो सडकमा सवारीसाधन आवागमन बन्द रहनेछ । 
     
    ठिङ्गन–बगुवा सडकखण्डअन्तर्गत गङ्गटे नजिकैको भर्‍याङडाँडामा सडक स्तरोन्नति गर्ने काम गरिने भएकाले सडकमा सवारी आवागमन बन्द गर्न लागिएको सहायक प्रजिअ कँडेलले बताए । 
     
    सडक बन्द हुने भएकाले हेटौँडा–काठमाडौँ वा काठमाडौँ–हेटौँडा यात्रा गर्नुपर्ने भए वैकल्पिक मार्ग प्रयोग गर्न उनले आग्रह गरे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend